महालक्ष्मी विकास बैंकको सहयोग

Post Date : March 12, 2017 | 9:45 am

काठमाडौँ, २८ फागुन । महालक्ष्मी विकास बैंकको सातदोबोटो शाखाले ललितपुर, नखिपोटस्थित महालक्ष्मी निम्न माध्यमिक विद्यालयलाई पाँच थान कम्प्युटर प्रदान गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुबराज तिवारीले विद्यालयका मीना के.सी.लाई उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई कम्प्युटर वितरण गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकको हाल ४० वटा शाखा र एउटा एक्सटेन्सन काउण्टर रहेको छ ।

बैंकले चालु आ.व. २०७३/७४ को दोस्रो त्रैमासिकमा ११ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन र ९ अर्ब ८८ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरी १२ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा ४ दबमलब ४१ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२ दशमलब ४३ प्रतिशत रहेको छ ।

बैंको हाल चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख २३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ७० करोड २७ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *