महालक्ष्मी विकास बैंकको स्मार्ट बैंकिङ्ग सेवा

Post Date : April 13, 2018 | 5:29 pm

काठमाडौँ, ३० चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले २९ गते बिहिबारका दिन नयाँ वर्ष २०७५ को शुभ अवसरमा शुभकामना आदान प्रदान तथा MLBBL Smart Banking Solution को उद्घाटन कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा प्रमुख अतिथि डेपुटी गभर्नर श्री चिन्तामणी शिवाकोटीज्यूले कम्प्यूटरको बटन थिचेर MLBBL Smart Banking Solution को उद्घाटन गर्नु भएको थियो । बैँकले नयाँ वर्षको सुरुवातसँगै आफ्ना ग्राहकवर्गहरुलाई छिटो छरितो र अझ सरल बैकिङ्ग सेवा उपलब्ध गराउन MLBBL Smart Banking Solution को सुरुवात गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । जसअन्तर्गत नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुल भुक्तानी, ई–सेवामा रकमान्तर जस्ता सुविधाहरु रहेका छन् ।

उक्त कार्यक्रममा नियमनकारी निकायका उच्च पदस्थ अधिकारीहरु, विभिन्न वित्तिय संघ संस्थाका प्रतिनिधिहरु, बैँकका संचालक समितिका अध्यक्ष एवं सदस्यहरु, बैंकका संचालक समितिका पूर्व सदस्यहरु, संचारकर्मीहरु, बैंकका शेयरधनीहरु, ग्राहकवर्ग तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले आगामी दिनमा क्mबचत द्यबलपष्लन सेवा अझ प्रभावकारी बनाउन Viber Banking र NERU जस्ता सेवासुविधा उपलब्ध गराउन अन्तिम तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *