महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ती र विद्यालयलाई सहयोग प्रदान

Post Date : February 28, 2018 | 11:00 am

चितवन, १६ फागुन । संस्थागत उत्तरदायित्व अन्तर्गत शाखाहरूबाट विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले फागुन १४ गते मनहरी शाखाबाट राष्ट्रिय उच्च माध्यमिक विद्यालय, मनहरीमा कक्षा ११ मा अध्ययनरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप रु. १५,०००/– प्रदान गरेको छ । सोमबार भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाकिराम बानिया, विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, मनहरी गा.पा. वडा नं. ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ्ग, वडा सदस्य शेखर वर्तौलाको समेत उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष शाकिराम बानियाले समाजप्रति बैंकले आफ्नो केही दायित्वबोध गरी चालेको कदम स्वागत योग्य रहेको भनाइ राख्नु भएको थियो । त्यसैगरी बैंकको नारायणगढ शहिदचोक शाखाले फागुन १२ गते देवघाटधामस्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । सो कार्यक्रममा गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरीजी महाराजले बैंकको यो सहयोगप्रति कृतज्ञता गर्दै हरेक व्यवसायिक संस्थाहरूले महालक्ष्मी विकास बैंक लिमिटेडले प्रस्तुत गरेको उदाहरण अनुकरण गर्नु पर्ने बताउनु भएको थियो ।

mahalaxmi bikas bank and bed bedanga

Leave a Reply

Your email address will not be published. Required fields are marked *