महालक्ष्मी विकास बैंकद्वारा शारीरिक सुगठनका खेलाडी सम्मानित

Post Date : March 22, 2018 | 1:12 pm

काठमाडौँ, ८ चैत । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको महालक्ष्मी बिकास बैंक लिमिटेड ले यसपटक खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५०औँ एसियन च्याम्पियनसीप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल श्री महेश्वर महर्जनलाई सम्मान गरेको छ । खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले मिति २०७४ चैत ७ गते एक समारोह गरी बैँकले श्री महेश्वर महर्जनलाई सम्मान स्वरुप रु. २००,०००/– (अक्षरेपी रु दुई लाख मात्र) प्रदान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *