महालक्ष्मी विकास बैंकले ल्यायो ‘उद्यम गरौँ उद्यमी बनौँ, विदेश होइन स्वदेश रोजौँ’

Post Date : April 13, 2017 | 8:24 am

काठमाडौँ, ३१ चैत । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०७४ को शुुभ अवसरमा ‘उद्यम गरौँ उद्यमी बनौँ, विदेश होइन स्वदेश रोजौँ’ योजना ल्याएको छ ।

बैंकले ल्याएको नयाँ कर्जा योजना अनुसार देशभित्रै उद्योग, कृषि र अन्य व्यवसाय गर्न चाहने युवा वर्गलाई १ लाख रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म वार्षिक १३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धी सम्झौता २०७३ चैत १ गते भएको थियो । बैंकको नाम भने महालक्ष्मी विकास बैंक राख्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *