महालक्ष्मी विकास बैंक र क्लियरिङ हाउसबीच सम्झौता

Post Date : November 23, 2016 | 3:12 pm

काठमाडौँ, ८ मङ्सिर । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेसमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि नेपाल क्लियरिङ हाउसले बैंकलाई अन्तर बैंक भुक्तानी प्रणाली (एनसिएचएल– आईपिएस) उपलब्ध गराउने छ । यस प्रणालीमार्फत नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकले कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोवार पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । यसमा ग्राहकको रकम हस्तानन्तरण, डिभिडेन्ट पेमेन्ट, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्स भुक्तानी, लगायतका भुक्तानी दिने तथा लिने सेवा गर्न सकिने विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *