महिलाहरूको मोटो स्कुटर रेसिङ – रेसनारी नेसनल च्याम्पियनसिप २०१७ हुने

Post Date : March 14, 2017 | 4:01 pm

काठमाडौँ, १ चैत । आगामी मार्च १८ अर्थात चैत ५ गते शनिबार रेसनारी नेसनल च्याम्पियनसिप २०१७ (Racenari National Championship 2017) मोटो स्कुटर रेसिङ हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना गरिने उक्त रेसिङ च्याम्पियनसिपमा करिब ३० जना महिला राइडरले ११० सिसीको होन्डा नाभी (Honda Navi) कुँदाउने छन् ।

उक्त कार्यक्रममा मोटरसाइकल रेसिङको अलावा जिमखाना प्रिक्स, स्लो राइड कम्पिटिसन, पुस योर बाइक कम्पिटिसन आदि प्रतियोगिता समेत गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः रु. १० हजार, ७ हजार र ५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने र मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियाली स्तरको रेसिङमा भाग लिन थाइल्यान्ड÷मलेसिया पठाउने व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Women in Sports & Adventure भन्ने देशब्यापी अभियान संचालन गरिरहेको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले सो प्रतियोगिता गर्दैैछ । अत्यन्तै साहसिक यो प्रतियोगिताको मुख्य प्रायोजक Honda Navi मोटरसाइकल रहेको छ भने फेष्टिभल अन्तर्रगत नासा र राष्ट्रिय खेलकुद परिषदले र्आिर्थक सहयोग गरेका छन् ।

युवायुवतीहरुका बीचमा लोकप्रिय उक्त इभेन्ट गत वर्षदेखि सञ्चालन गरिएको हो । नेपालकै लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने उक्त रेसनारी प्रतियोगिता महिला बाइक राइडरहरुलाई लक्षित गरि सञ्चालन गरिएको हो । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले यो प्रतियोगिता सञ्चालन गर्छ । पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत यस पटक प्रतियोगिता सञ्चालन हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *