महिला उद्यमी सम्मेलन काठमाडौँमा

Post Date : May 23, 2016 | 5:09 pm

काठमाडौँ, १० जेठ । घरेलु तथा साना उद्योगको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औँ राष्ट्रिय महाधिवेशन तथा २०अाैं महिला उद्यमी सम्मेलन यही जेठ २४ र २५ गते काठमाडौँमा हुने भएको छ ।

महाधिवेशनमा सङ्घ, वस्तुगत सङ्घ तथा सहकारी सदस्य गरी करिब ८०० जनाको सहभागिता हुने महासङ्घका महासचिव विष्णुबहादुर लुइँटेलले जानकारी दिनुभयो । सो महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनलाई सम्पन्न गर्न महासङ्घका अध्यक्ष सुरेश प्रधानको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *