महोत्तरीको पडौलस्थानमा नयाँ नेपाल लघुबित्तको नयाँ शाखा बिस्तार

Post Date : May 31, 2018 | 12:47 pm

महोत्तरी, जेठ १६ । नयाँ नेपाल लघुबित्त बित्तिय सँस्थाले बलवा नगरपालीका ३, पडौलस्थान, महोत्तरीमा आफ्नो १७ औँ साखा बिस्तार गरेको छ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको नीति, साथै लघुबित्तको मर्म र भावना अनुसार गरिब,  बिपन्न र बैङ्किङ पहुँचभन्दा टाढा रहेका साथै पिछडीएका महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने र सर्वसाधारणलाई घर आगनमै बित्तिय
सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश नँ २ को बलवा नगरपालीकामा जेष्ठ १६ गते शाखा उद्घाटन समारोह सम्पन्न भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

बलवा नगरपालिका का मेयर श्री बिनोद यादबको प्रमुख आतित्थ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता यसै सँस्थाका कार्यकारी अधिकृत सरोज घिमिरले गर्नु भएको थियो। बलवा नगरपालिकाकी उपमेयर रिता देबी झा, वडा अध्यक्ष राजदेब कपडी, ईलाका प्रहरी प्रमुख, लगायत स्थानीय महिला तथा सज्जनबृन्दको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सँस्थाका डेपुटी जनरल म्यानेजर दुर्गा न्यौपानेले स्वागत मन्तब्य दिए लगत्तै प्रमुख अतीथि मेयर श्री बिनोद यादब र सँस्थाका सिईओ सरोज घिमिरेले सँयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो।

सँस्थाका अनुगमन अधिकृत सुमन घिमिरेले सँचालन गर्नुभएको कार्यक्रममा बोल्दै यसै नगरपालिकाका मेयर श्री विनोद यादबले बित्तिय सँस्था घर गाउँमा आउनु अत्यन्तै राम्रो कुरा भएको बताउनु भयो। शुभकामना मन्तब्यका क्रममा उहाँले बिभिन्न चुनौतीहरु भएपनि सम्पुर्ण जात जाति भाषा धर्म र विपन्न बर्गलाई समेट्दै आर्थीक रुपमा पिछडीएको बर्गलाई विशेष महत्त्व दिएर बिना धितो, सहज, सरल र न्युन ब्याजदरमा महिलाहरुको आर्थिक जीवनस्तर उकास्ने पवित्र उद्देश्यले स्थापना भएको लघुवित्तलाई सँधै साथ र सहयोग रहने प्रतिवद्धता गर्नुभयो। साथै सँस्थाका सिईओले लघुकर्जालाई उत्पादनसिल क्षेत्रमा उपयोग गर्न सके बेरोजगारी न्युनिकरण भई समग्र देशको आर्थीक विकासमा टेवा पुर्याउन लघुबित्तको भुमिका अहम् रहेको कुरामा प्रकाश पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *