माइक्रो फाइनान्सको मुनाफा डेढ करोड

Post Date : May 3, 2016 | 6:31 pm

बेसीशहर, २१ वैशाख । सदरमुकाम बेसीसहरमा केन्द्रीय कार्यालय रहेको ‘रिलायवल माइक्रो फाइनान्स लिमिटेड’ले तेस्रो चौमासिक सम्ममा रु डेढ करोड मुनाफा गरेको छ ।

‘रिलायवलको लक्ष्य, ‘विपन्न वर्गको समृद्ध भविष्य’ नाराका साथ सञ्चालन भएको सो फाइनान्सले २०७० सालमा नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो । संस्थाको चुक्ता पुँजी रु पाँच करोड ६५ लाख छ भने कर्जा लगानी रु ३४ करोड १३ लाख ९५ हजार छ ।

त्यस्तै बचत रु ६ करोड ७० लाख ४३ हजार रहेको प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले जानकारी दिनुभयो । संस्थाको लमजुङ, मनाङ, गोर्खा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, मुस्ताङ र डोल्पामा शाखा छन् ।

ग्रामीण समुदायका विपन्न वर्गको आयस्तर वृद्धि गर्न तथा उनीहरुलाई आत्मनिर्भर बनार्इ गरिबी न्यून गर्न सहयोग पुरयाउने उद्देश्यले सञ्चालित सो संस्थाको पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *