माउण्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : August 27, 2016 | 6:53 pm

काठमाडौं, ११ भदौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले २०७३ श्रावण २० गतेसम्म कायम साविक शेयरधनीहरूका लागि एक शेयर बराबर एक दशमलब पाँच शेयर (१ः१.५) को अनुपातमा रु. १००/– अंकित ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयरको बिक्री खुला यही २०७३ भाद्र १६ गतेका दिनदेखि २०७३ असोज १९ गतेसम्म गरिने जनाएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रद शेयर खरिदका लागि शेयरधनीहरूले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं र माउण्ट मकालु डेभलपमेन्ट बैंक, लालीगुराँस नपा–२, तेह्रथुम तथा बैंकको शाखाहरूमा रकम बुझाउन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *