माउण्ट मकालु डेभलपमेन्ट बैंक र एनआईबीएल क्यापिटलबीच सम्झौता

Post Date : June 20, 2017 | 1:53 pm

काठमाडौँ, ६ असार । माउण्ट मकालु डेभलपमेन्ट बैंक र एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडबीच हकप्रद शेयर निष्काशनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रबन्ध संचालक कुमार खड्का र एनआईबीएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले २ शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले रु.१००।– अंकित दरका ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *