माघ महिनाको पहिलो सातामा यस्तो देखियो शेयर बजार

Post Date : January 20, 2017 | 4:04 pm

काठमाडौँ, ७ माघ । नेपाली शेयर बजारले १९०० भन्दा बढी अंक पार गरेर केही महिनाको अन्तरमा शेयर बजार ओरालो लाग्ने क्रमले न्यूनतम बिन्दु १३०० को हारहारीमा पुगेर अहिले नेप्से क्रमशः स्थीर रहेको छ । नेप्सेमा उच्चतम वृद्धि वा उच्चतम ह्रास देखा पर्ने प्रवृत्ति वा व्यापक रुपको अन्तर देखिन छाडेको छ ।

शेयर बजारमा उतारचढावको अन्तर व्यापक हुँदै जाँदा अमेरीकी राष्ट्रपतिको चुनावको मत परिणाम, भारतमा ५०० र १००० का नोटहरुमाथि लगाइएको प्रतिबन्ध, देशको राजनैतिक उतारचढाव, हकप्रद लगायत बोनस शेयर निष्काशनको कारण बढ्दै गएको शेयर संख्या, शेयरको खरिद बिक्रीमा आधुनिक प्रणाली अवलम्बन गरे तापनि उही साँघुरो बजारबाहेक व्यापक बनाउन नसक्नु, विभिन्न समूहका कम्पनीहरुले साधारण सभा गरी प्रतिफल घोषणा पछि गरेको मूल्य समायोजन तथा विभिन्न कम्पनीहरुले साधारण शेयर निष्काशनमा दिएको तीब्रता, लगायत स्थापित भएका कम्पनीले सर्वसाधारणको हिस्सा कायम गर्नका लागि जारी गरेको एफपिओ आदिले केही महिना देखि नेप्से ओरालो लाग्ने र उकालो लाग्ने क्रम रहे तापनि सामान्यतया न्यूनतम र अधिकतम विन्दुहरुमा खासै अन्तर देखा परेको देखिँदैन । यही माघको पहिलो साताको अन्तिम कारोवारको दिन नेप्सेमा हरियो चिह्न देखा परी बन्द हुँदा नेप्से १४६२.५६ विन्दुमा पुगेर बन्द भयो । नेप्से बन्द हुँदा ०.०२२५ ले वृद्धि देखियो ।

जसमध्ये सबैभन्दा बढी फाइनान्स समूहको ०.७७८० ले वृद्धि भयो भने वृद्धि हुने क्षेत्रहरुमा फाइनान्स लगायत इन्सुरेन्स, हाइड्रोपावर, टे«डिङ, होटेल, अन्य र डेभलपमेन्ट बैंक समूहहरु वृद्धिको अवस्थामा रहे । घट्ने समुहमा क्रमस बैंकीङ, फ्लोट, सेन्सेटीभ फ्लोट, म्यानु र प्रो समुहहरुका सुचकांकहरु घटे ।

उक्त दिनको कारोवार समय अवधिभर तेत्तीस करोड पन्चानब्बे लाखभन्दा वढीको कारोबार हुँदा एघार लाख भन्दा बढी शेयर संख्या किनबेच भयो ।

अहिलेसम्म सबैभन्दा बढी इन्स्योरेन्स समूहको अंक ६८५६.४३ कायम छ भने सेन्सेटिभ फ्लोटको ९४.९४ कायम भई सबैभन्दा कम अंक रहेको छ ।

बिहिबारको शेयर किनबेच हुने अवधिभर सबैभन्दा बढी शेयर कारोबार भएका काम्पनीहरुमा युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको प्रमोटर शेयर, प्रभु बैंक, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड रहेका छन् ।
सबैभन्दा बढी अंकले वृद्धि हुने कम्पनीहरुमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड, कर्णाली विकास बैंक, वरीन्ट होटेल लिमिटेड रहेका छन् ।

सबैभन्दा बढि अंकले घट्ने कम्पननीहरुमा हिमालयन डिस्टीलरी लिमिटेड, मिथिला लघुवित्त विकास बैंक लिमिडेड, युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको प्रमोटर शेयर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *