माछापुच्छ्रे बैंकको खुद मुनाफा ५७ करोड ५३ लाख रुपैयाँ

Post Date : February 9, 2017 | 12:36 pm

काठमाडौँ, २७ माघ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ५८ अर्ब २४ करोड २ लाख रुपैयाँ निक्षेप संकलन र ५१ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलब ३५ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ६६ करोड ६४ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४२ करोड ३८ लाख ९३ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *