माछापुच्छ्रे बैंकको गाबहाल शाखा कुमारीपाटीमा

Post Date : February 13, 2017 | 6:51 pm

काठमाण्डौँ, २ फागुन । माछापुच्छ्रे बैंकले ललितपुर गाबहालमा रहेको शाखालाई कुमारीपाटीमा स्थानान्तरण गरी बैंकिङ कारोवार शुरु गरेको छ । शाखा उद्घाटन बैंकका अध्यक्ष डा. बीरेन्द्रप्रसाद महतोले गर्नु भएको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

बैंकले चालु आ.व. को दोश्रो त्रैमाससम्म ५८ अर्ब २४ करोड रुपैयाँ निक्षेप परिचालन र ५१ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल ५६ शाखा तथा एक एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *