माछापुच्छ्रे बैंकको दुलेगौंडा शाखा स्थानान्तरण

Post Date : May 8, 2017 | 12:25 pm

तनहुँ, २५ वैशाख । माछापुच्छ्रे बैंकले दुलेगौंडा शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं. ४, दुलेगौंडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष रोशन के.सी.ले गर्नु भएको छ । नयाँ सुविधासम्पन्न भवनबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । यस शाखामा एटिएम काउण्टर पनि रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *