माछापुच्छ्रे बैंकको धनगढी शाखा स्थानान्तरण

Post Date : April 13, 2017 | 8:13 am

काठमाडौँ, ३१ चैत । माछापुच्छ्रे बैंकले आफ्नो धनगढी शाखालाई स्थानान्तरण गरेको छ । धनगढी, मेनरोडमा स्थानान्तरण गरिएको शाखाको उद्घाटन बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ५८ अर्ब २४ करोड २ लाख रुपैयाँ निक्षेप संकलन र ५१ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै निस्क्रिय कर्जा शून्य दशमलब ३५ प्रतिशत रहेको छ । बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *