माछापुच्छ्रे बैंकद्वारा आँखा शिविर संचालन

Post Date : July 5, 2017 | 11:07 am

तनहुँ, २१ असार । माछापुच्छ्रे बैंकको नारायणगढ शाखाले देवघाट तनहुँस्थित गलेश्वर आश्रममा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा एकसय त्रिसठ्ठी भन्दा बढी बिरामीले आँखा परीक्षण गराएको र ४९ जना विरामीलाई निःशुल्क चस्मा वितरण गरी आवश्यक औषधिसमेत दिइएको बैंकले जनाएको छ । त्यसैगरी, उक्त शिविरबाट छानिएका १२ जना विरामीको भरतपुर आँखा अस्पतालमा निःशुल्क मोतियाविन्दुको अपरेसन पनि गरिएको थियो । संस्थासँग सामाजिक उत्तरदायित्वअन्तर्गत आँखा शिविर संचालन गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *