माछापुच्छ्रे बैंकले इएमभी कार्ड संचालनमा ल्यायो

Post Date : April 4, 2017 | 10:56 am

काठमाडौँ, २२ चैत । माछापुच्छ्रे बैंकले इएमभी कार्ड संचालनमा ल्याएको छ । म्याग्नेटिक स्ट्रिप कार्ड प्रयोग गर्दै आएको बैंकले जोखिमलाई न्यूनीकरण गर्नको लागि इएमभी चिप कार्ड प्रयोगमा ल्याएको जनाएको छ ।

बैंकले ग्राहकवर्गलाई आफूसँग भएका डेबिट र क्रेडिट कार्डलाई चिपमा आधारित इएमभी कार्ड परिवर्तन गर्न आफूलाई पायक पर्ने नजिकका शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । बैंकबाट जारी भएको कार्ड प्रयोग गरी बैंकको आफ्नै एटिएमबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने र नेपालभित्र भिसा नेटवर्क अन्तर्गतका जुनसुकै एटिएम कार्डबाट रकम झिक्दा बढीमा तीस रुपैयाँ लाग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *