माछापुच्छ्रे बैंकले चुक्ता पूँजी ८ अर्ब रुपैया पुरयाउने

Post Date : April 19, 2016 | 6:45 pm

माछापुच्छ्रे बैंकले जनता बैंक नेपाल लिमिटेडसँग मर्जर तोडिएपछि नयाँ योजना ल्याएको छ । यस वर्ष १६ प्रतिशत ५३ करोड ३० लाख ४० हजार रुपैया बोनस शेयर घोषणा गरेको बैंकले त्यस लगत्तै चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । यसपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैया पुग्नेछ ।

हकप्रद शेयर जारी गरेर चुक्ता पूँजी ८ अर्ब रुपैया पुरयाउने योजना बैंकको रहेको छ । दोस्रो पटकको ७ बराबर १ को अनुपातको हकप्रद शेयरको विकल्पमा मर्जर वा एक्वीजिसन पनि हुन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *