माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Post Date : May 9, 2016 | 8:29 am

काठमाडाैं, २७ बैशाख । माछापुच्छ्रे बैंकको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट आफ्ना शेयरधनीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । सभाले बोनस शेयर वितरण कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने समेत निर्णय गरेको छ ।

बैंकले चैत मसान्तसम्म ४८ अर्ब ४३ करोड निक्षेप संकलन गरी ४० अर्ब ८१ करोड रुपैया कर्जा प्रवाह गरी ६२ करोड ४२ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी ३ अर्ब ३३ करोड १५ लाख रुपैया रहेको छ ।

बैंकले देशभर ५६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *