माछापुच्छ्रे बैंकले सत्रौं वर्षमा प्रवेश

Post Date : September 27, 2016 | 4:25 pm

काठमाडौं, ११ असोज । माछापुच्छ्रे बैंक सत्रौं वर्षमा प्रवेश गरेको छ । बंैकले सत्रौं वर्ष प्रवेशको अवसरमा महिनाभर विविध कार्यक्रमका साथै ‘माछापुच्छ्रे महोत्सव’ मनाउने भएको छ ।

महोत्सवमा सहभागी हुने ग्राहक वर्गलाई विभिन्न डिस्काउन्ट कुपन उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले असोज महिनाभित्र महोत्सवमा सहभागी भई विभिन्न लाभ उठाउन पनि आह्वान गरेको छ ।

महोत्सवको अवसरमा बैंकले कर्जा, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ, लकर लगायत सेवामा सुविधा दिने जनाएको छ ।

बैकको मुलुकभर ५६ शाखा, १ एक्स्टेन्सन काउण्टर तथा ७२ वटा एटिएम रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *