माछापुच्छ्रे बैंकले हकप्रद शेयर जारी गर्ने

Post Date : September 2, 2016 | 5:23 pm

काठमाडौं, १७ भदौ । माछापुच्छ्रे बैंकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको २०७३ असार मसान्तसम्म चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैया रहेको छ । हकप्रद शेयर बापत १ अर्ब ९२ करोड ७२ लाख ७० हजार रुपैया थप भई बैंकको कुल चुक्ता पूँजी ५ अर्ब ७९ करोड १ लाख १० हजार रुपैया पुग्नेछ ।

उक्त हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले आ.व. २०७२/७३ को असार मसान्तमा ८९ करोड १८ लाख ८ हजार रुपैया खुद मुनाफा गरेको छ । सोही आ.व.मा ५२ अर्ब २९ करोड १८ लाख रुपैया निक्षेप संकलन गरी ४४ अर्ब २३ करोड ४२ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *