माछापुच्छ्रे बैंकले २०.७५ प्रतिशत बोनस सेयर दिने

Post Date : January 8, 2017 | 1:01 pm

काठमाडौँ, २४ पुस । माछापुच्छ्रे बैंकको १८ औँ वार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई २० दशमलब ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । बैंकले हालै जारी गरेको ५० प्रतिशत हकप्रद सेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । बैंकको हालै सम्पन्न साधारण सभाबाट पारित २० दशमलब ७५ प्रतिशत बोनस सेयर जारी पश्चात पूँजी ६ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । सोही सभाबाट पारित १२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको चालु आर्थिक बर्ष २०७३।७४ को पहिलो त्रैमासिक सम्म ५८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन र ४९ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २४ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हाल बैंकको ५६ वटा शाखा, ७२ वटा एटीएम, १ एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *