माछापुच्छ्रे बैंकले २ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : October 21, 2016 | 11:05 am

काठमाडौं, ५ कार्तिक । माछापुच्छ्रे बैंकले चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाको २ः१ (अर्थात विद्यमान २ कित्ता साधारण शेयर बराबर नया १ कित्ता शेयरको दरले) १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि मिति २०७३ कार्तिक १२ गतेका शेयरधनी दर्ता पुस्तिका बन्द गरिने बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म ५२ अर्ब २९ करोड १८ लाख रुपैया निक्षेप संकलन, ४४ अर्ब २३ करोड ४२ लाख रुपैया कर्जा प्रवाह गरी ८९ करोड १ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *