माछापुच्छ्रे बैंक र इजी लिंक रेमिट्यान्सबीच विप्रेषणसम्बन्धी सम्झौता

Post Date : July 29, 2016 | 12:05 pm

काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंक र इजी लिंक रेमिट्यान्सबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि विश्वका विभिन्न मुलुकबाट इजी लिंकमार्फत आएको रकम माछापुच्छ्रे बैंकका देशभर रहेका ५६ वटा शाखाबाट भुक्तानी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *