माछा उत्पादनमा वृद्धि

Post Date : September 6, 2016 | 3:54 pm

तनहुँ, २१ भदौ । तनहुँमा गत वर्षको तुलनामा यसवर्ष माछा उत्पादन वृद्धि भएको छ ।

गत आवमा २३ मेट्रिक टन माछा उत्पादन भएकामा यस आवमा ४० मेट्रिक टन माछा उत्पादन भइ गत आवको तुलनमा १७ मेट्रिक टनले बढी हो ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले जिल्लाको ३३.५ हेक्टर क्षेत्रफलमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी र माहुर जातका माछापालन हुँदै आएको बताउनुभयो ।

तनहुँको मनपाङ, आँवुखैरेनी, छाङ, क्यामिन, जामुने, अरुणोदय, शुक्लागण्डकीलगायतका स्थानमा कृषकले व्यावसायिक रुपमा माछापालन गरेको उहाँको भनाइ छ ।

व्यावसायिक माछापालन कृषकलाई सो कार्यालयले पोखरी खन्नका लागि प्रतिरोपनी रु १० हजार, दाना बनाउने मेसिन खरिद गर्न ७५ प्रतिशत, माछा समात्ने जाली खरिद गर्न ५० प्रतिशत अनुदानका साथै सर्प माछा मार्ने पासो निःशुल्क प्रदान गर्ने गरेको छ ।

माछापालन व्यवसाय सजिलो पेसा र बजारमा माछाको माग बढेका कारण पनि यस व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *