मालपोतद्वारा अठतीस करोड राजस्व सङ्कलन

Post Date : November 23, 2016 | 4:58 pm

पोखरा, ८ मङ्सिर । जिल्ला मालपोत कार्यालयले चालु आवको तीन महिनामा रु ३८ करोड ६५ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले राजस्वतर्फत रु ३२ करोड ५७ लाख ७१ हजार र पुँजीगत लाभकरतर्पm रु ६ करोड पाँच लाख ८४ हजार सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कार्यालयले साउनमा रु १३ करोड २४ लाख ६२ हजार, भदौमा रु १२ करोड ७० लाख सात हजार र असोजमा रु आठ करोड २९ लाख ४४ हजार सङ्कलन गरेको थियो । कार्यालयले सेवाग्राहीको सुविधाको लागि एकद्वार प्रणाली, कम्प्युटरबाट श्रेस्ता र पुर्जा वितरण तथा बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *