मितेरी डेभलपमेन्ट बैंकको १२ औँ शाखा विराटनगरमा

Post Date : March 17, 2017 | 12:22 pm

मोरङ, ४ चैत । मितेरी डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ शाखा विराटनगरको मेनरोडस्थित अतिथि सदन छेउमा स्थापना गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष अजितनारायण सिंह थापा र मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले संयुक्त रूपमा गर्नु भएको छ ।

बैंकले हाल २ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पूँजी ३७ करोड ४३ लाख १९ हजार रुपैयाँ छ ।

बैंकले चाँडै नै मोरङको अमरदहमा शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *