मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

Post Date : February 20, 2017 | 1:23 pm

काठमाडौँ, ९ फागुन । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

मिर्मिरे माइक्रोफाइनान्सले रु १००।– अंकित दरका १ लाख ५० हजार कित्ता बराबर १ करोड पचास लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

मिर्मिरे माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र ५८ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरी ८४ लाख २ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । मिर्मिरे माइक्रोफाइनान्सको चुक्ता पूँजी ३ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *