मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 9, 2017 | 4:10 pm

काठमाडौँ, २६ फागुन । मिसन डेभलपमेन्ट बैंकले २०७३ फागुन २२ गतेसम्म कायम साविक शेयरधनीका लागि १ कित्ता शेयर बराबर १ कित्ता साधारण शेयरको अनुपातमा रु.१००/– अंकित दरका १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद शेयर २०७३ चैत ३ गतेदेखि २०७४ बैशाख ६ गतेसम्म बिक्री गर्ने भएको छ ।

बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेडलाई तोकेको छ ।

बैंकको चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म २ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब २५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा १० करोड ४० लाख ३६ हजार ९ सय ९० रुपैयाँ रहेको छ । बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ३७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७ दशमलब १६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *