मिसन डेभलपमेन्ट बैंकले ४,१९,७३० कित्ता हकप्रद शेयर बिक्री गर्ने

Post Date : May 3, 2017 | 3:10 pm

काठमाडौँ, २० वैशाख । मिसन डेभलपमेन्ट बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक तर्फको ३,२४,५५६ कित्ता र सर्वसाधारण तर्फको ९५,१७४ कित्ता समेत ४,१९,७३० कित्ता हकप्रद शेयर बाँकी रहेकोले बिक्रीको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । शेयर खरिदका लागि प्रति शेयर रु.१००।– मूल्य तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

हकप्रद शेयर खरिद गर्न चाहनेले शिलबन्दी बोलपत्र २०७४/१/२८ गतेदेखि २०७४/२/४ गतेसम्म भिबोर क्यापिटल लिमिटेडमा बुझाइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *