मुक्तिनाथ विकास बैंकका मनहरी र दलदले शाखाको उद्घाटन”

Post Date : June 11, 2017 | 6:47 pm

काठमाडौँ, २८ जेठ । मुक्तिनाथ बिकास बैक लिमिटेडले मिति २०७४ जेठ २७ गते शनिबारका दिन मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा, मनहरी शाखाको उद्घाटन सम्पन्न गरेको छ, भने मिति २०७४ जेष्ठ २८ गते आइतबारका दिन नवलपरासीको देवचुली नगरपालिका १३, दलदले, नवलपरासी शाखाको उद्घाटन सम्पन्न गरेको छ ।

मनहरी शाखाको उद्घाटन मकवानपुर जिल्ला क्षेत्र नं. ४ का सांसद राजाराम स्याङतानले गर्नुभएको थियो । आर्थिक सम्बृद्धिको लागि बैंकहरु जनतामाझ पुगेर दिने सेवाले अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने स्याङतानले बताउनुभयो । उहाँले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको सम्बृद्धिको लागि मुक्तिनाथ बिकास बैंकले विशेष भूमिका निर्वाह गर्नेमा आफू ढुक्क रहेको बताउनु भयो ।

यसैगरी दलदले शाखाको उद्घाटन गर्दै देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले जनताको आयस्तरलाई माथि उकास्न तथा व्यवसायलाई विस्तार गर्नका लागि यस क्षेत्रमा मुक्तिनाथ विकास बैंकको भूमिका महत्वपूर्ण रहने बताउनु भएको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

बैंकका संचालक चुडामणि कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शाखा प्रबन्धक राकेश गुरुङ र विष्णु अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले स्थापना कालदेखि जनतामाझ प्रदान गर्दै आएका सेवा सुविधा लगायत विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गर्नु भएको थियो । सो क्रममा उहाँले मुक्तिनाथ विकास बैंकले नेपाली समाज सुहाउँदो सेवाहरु जस्तै आधुनिक बैंकिङ, ग्रामिण र्बैकिङ तथा लघुवित्त बैंकिङ सेवाहरु प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष गोबिन्द प्रसाद रिजाल, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तितुङ र मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार रिजाल, देवचुली नगरपालिकाका उपमेयर पार्वता तिवारी, भिमसेन आदर्श मा.वि.का प्रधानध्यापक नरदेव न्यौपाने, परोपकार वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष देवराज पौडेलले आ–आफ्नो मन्तव्य राख्नु भएको पनि उक्त विज्ञप्तीमा उल्लेख छ ।

सो कार्यक्रममा लघुवित्त कार्याक्रममा आवद्ध सदस्य, स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्वसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ६० वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस विकास बैँकले हालसम्म कुल रु. १५ अर्ब ३० करोड निक्षेप संकलन गरी रु. १४ अर्ब २६ करोड कर्जा लगानी गर्नुका साथै निशुल्क आस्वा सेवा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *