मुक्तिनाथ विकास बैंकको खुद मुनाफा करिब ५० करोड रुपैयाँ

Post Date : July 23, 2017 | 3:26 pm

काठमाडौँ, ८ साउन । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकमा १६ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन र १५ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४९ करोड ६३ लाख १६ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निस्क्रिय कर्जा शून्य दशमलब शून्य दुई प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी १ अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७७ करोड ६० लाख ८८ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *