मुक्तिनाथ विकास बैंकको चार नयाँ शाखा उद्घाटन

Post Date : March 10, 2017 | 1:49 pm

काठमाडौँ, २७ फागुन । मुक्तिनाथ विकास बैंकले नवलपरासीको भुमही, पर्साको बीरगञ्ज, ओखलढुंगाको सिद्धिचरण र रामपुरमा शाखा संचालनमा ल्याएको छ ।

नवलपरासीको भुमही शाखाको उद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर थापा क्षेत्री, पर्साको बीरगञ्ज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र ओखलढुंगाको सिद्धिचरण र रामपुर शाखाको उद्घाटन ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले गर्नु भएको छ ।

बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने मान्यतालाई अात्मसात गर्दै बैंकले विभिन्न ठाउँमा रहेका ५५ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *