मुक्तिनाथ विकास बैंकको नया कार्यालय गोपीगञ्जमा

Post Date : December 13, 2016 | 4:11 pm

काठमाडौँ, २८ मङ्सिर । मुक्तिनाथ विकास बैंकले नवलपरासी जिल्लाको जमुनिया गाविस वडा नं. ४ स्थित गोपीगञ्जमा नया शाखा संचालनमा ल्याएको छ । बैंकले लघुवित्त सेवा प्रदान गर्नका लागि २०७१ साल श्रावण १ गतेदेखि संचालनमा ल्याइएको शाखालाई बैंकिङ्ग सेवा समेत दिने गरी संचालनमा ल्याइएको हो ।

नया शाखाको उद्घाटन बैंकका अध्यक्ष मीनप्रसाद गुरुङ्गले गर्नु भएको छ । यस शाखाबाट नवलपरासी जिल्लाको बर्दघाट, जमुनिया, बेदौली, बडहा, दुबौलिया, भुजहना, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपूरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौला, रुपौलिया, सरावल, सोमनी, ठूलो खैरटवा, त्रिवेणी, सुस्ता लगायतका क्षेत्रमा बैंकिङ्ग सेवा पुग्ने बैंकले जनाएको छ ।

बैंकले ३० वटा आधुनिक बैंकिङ्ग, १७ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउण्टरसहित ४७ वटा लघुवित्त डेस्क कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाइएको छ ।

बैंकले हालसम्म १२ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १८ करोड रुपैया ऋण प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *