मुक्तिनाथ विकास बैंकको शाखा रुपन्देहीको सैनामैनामा

Post Date : June 21, 2016 | 2:39 pm

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका–८, रामापुर कोलोनीमा ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग कारोवार गर्न प्रोत्साहन गर्ने उद्देश्य सहित नयाँ शाखा खोलेको छ । बैंकको यो २९औं शाखा हो । शाखाको उद्घाटन बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले गर्नु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, सरकारी गैरसरकारी संघसंस्था, कृषि पशुपालनसँग सम्बन्धित व्यवसायीलाई बैंकले सेवा दिने बताउनु भएको छ ।

बैंकको हाल २९ वटा शाख, १७ वटा सीमित बैंकिङ्ग, ३ वटा एक्सटेन्सन काउन्टर र ४१ वटा लघुवित्त डेस्क कार्यालय सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *