मुक्तिनाथ विकास बैंकको ९ प्रतिशत ब्याजदरको नयाँ खाता

Post Date : April 24, 2017 | 11:37 am

काठमाडौँ, ११ वैशाख । मुक्तिनाथ विकास बैंकले बार्षिक ९ प्रतिशत ब्याजदर दिने गरी ‘सेमी फिक्स्ड डिपोजिट एकाउण्ट’ संचालनमा ल्याएको छ । ग्राहकको माग तथा बजार प्रतिस्पर्धालाई मध्यनजर गरी ल्याइएको यस बचत खातामा अधिक प्रतिफल पाउने बैंकले जनाएको छ ।

पोखराबाट काठमाडौँमा कर्पोरेट कार्यालय स्थानान्तरण गरेको मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन र १४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा निस्क्रीय कर्जा अनुपात ०.१० प्रतिशत र कर्जा निक्षेप अनुपात ७०.३७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको चुक्ता पूँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २ सय ६० रुपैयाँ रहेको छ ।

बैंकले हाल ५६ वटा शाखा कार्यालयमार्फत आफ्ना करिब तीन लाख सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चाँडै सातवटा शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *