मुक्तिनाथ विकास बैंकले बेनिघाट र नौबिसेमा शाखा विस्तार

Post Date : September 24, 2016 | 12:06 pm

काठमाडौं, ८ असोज । मुक्तिनाथ विकास बैंकले धादिङ जिल्लाको बेनिघाट बजार र धार्के बजारमा नया शाखा संचालनमा ल्याएको छ ।

दुवै शाखाको उद्घाटन बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले गर्नु भएको छ ।

राष्ट्रिय स्तरको विकास बैंक भइसकेपछि शाखा विस्तारको क्रमलाई बैंकले तिब्रता दिएको छ । छिट्टै नै बैंकले नवलपरासीको रजहर र भुमही, ओखलढुंगाको सिद्धिचरण र रामपुर, मकवानपुरको हेटौंडा, पर्साको बीरगञ्ज, काठमाडौंको कमलादी र कलंकीमा थप शाखा स्थापना गरी संचालनमा ल्याउने जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब २७ करोड ७६ लाख निक्षेप संकलन, ९ अर्ब ९० करोड ४७ लाख रुपैया कर्जा प्रवाह गरी ३५ करोड ८८ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ । बैंकको ८३ करोड ८४ लाख रुपैया चुक्ता पूँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *