मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

Post Date : July 7, 2016 | 11:03 am

विराटनगर, २३ असार । मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् ।

रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभारम्भ गरेका छन् ।

सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।

विराटनगरस्थित मस्जिदमा पनि हजारौँको सङ्ख्यामा मुस्लिम धर्मावलम्बी भेला भएर सामूहिक रुपमा नवाज अदा गरेर पर्व मनाइरहेका छन् । यसका साथै विभिन्न परिकारका भोजन पकाएर खाने, इष्टमित्रलाई खुवाउने, गरिबलाई अन्न, वस्त्र र नगद दान गर्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *