मेगा बैंकको तेस्रो त्रैमासिकमा खुद मुनाफा ५४ करोड २४ लाख रुपैयाँ

Post Date : May 8, 2017 | 4:55 pm

काठमाडौँ, २५ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ३८ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा ०.८७ प्रतिशत र कर्जा निक्षेप अनुपात ७०.६० प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २ करोड ८७ लाख २० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *