मेगा बैंकको ‘नानीमा लागेको बानीः आज बचाउँ – जिन्दगी भरी रमाउँ’ मा पारस खड्का र प्रियंका कार्की

Post Date : April 9, 2017 | 1:56 pm

काठमाडौँ, २७ चैत । मेगा बैंक नेपाल लिमिटेडले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले ‘नानीमा लागेको बानीः आज चाउँ – जिन्दगी भरी रमाउँ’ नामक अभियानलाई तिब्रता दिएको छ । बैंकको यस अभियानमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई सद्घावना दूतमा नियुक्त गरेको छ ।

बैंकले काठमाडौँको डिल्लीबजारस्थित साब पब्लिक स्कुलमा आयोजित कार्यक्रममा बैंकको सद्भावना दूत पारस खड्का र पियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका र अभिभावकलाई अनुरोध गर्नुभयो ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले देशभरका स्कुल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ्ग बानीको विकास गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचेत गर्ने बानीको थालनी गर्नु पर्ने बताउनु भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *