मेगा बैंकको बोलपत्रद्वारा शेयर लिलाम बिक्री

Post Date : March 10, 2017 | 1:07 pm

काठमाडौँ, २७ फागुन । मेगा बैंक नेपाल लिमिटेडले हकप्रद शेयरको लागि आवेदन माग गरेकोमा आवेदन नपरी बाँकी रहन गएको संस्थापक समूहको १ लाख ६८ हजार ९ सय ९२ कित्ता र सर्वसाधारण समूहको २ लाख १७ हजार ८ सय ९० कित्ता हकप्रद शेयर २०७३ चैत १३ गतेदेखि २०७३ चैत २० गतेसम्म बोलपत्रद्वारा शेयर लिलाम बिक्री गर्ने भएको छ ।

हकप्रद शेयरको न्यूनतम प्रति शेयर मूल्य रु.१००/– तोकिएकोले सो वा सोभन्दा बढी रकम तोकी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, नारायणचौर रहेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब १ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । निस्क्रिय कर्जा शून्य दशमलब ६७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७९ दशमलब ३६ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १ करोड २० लाख ३१ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३० करोड ७६ लाख ५ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *