मेगा बैंकको १४ प्रतिशत बोनस शेयर र ६५ प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पारित

Post Date : March 17, 2017 | 12:30 pm

काठमाडौँ, ४ चैत । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफा ५५ करोड १० लाख रुपैयाँ मध्येबाट शेयरधनीलाई १३.९५ प्रतिशत बोनस शेयर तथा ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने भएको छ । बैंकको हालै सम्पन्न छैटौँ वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्तावको साथै ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब १ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १ करोड २० लाख ३१ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *