मेगा बैंकले पहिलो त्रैमासिकमा कमायो १४ करोड ६९ लाख रुपैया

Post Date : November 14, 2016 | 3:01 pm

काठमाडौँ, २९ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा १४ करोड ६९ लाख ४७ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकले गत वर्षको समीक्षा अवधिमा ८ करोड ४३ लाख ४८ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आ.व.को पहिलो तीन महिनामा ३६ अर्ब ७७ करोड ४१ लाख रुपैया निक्षेप संकलन गरी ३१ अर्ब १ करोड ९० लाख रुपैया कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निस्क्रीय कर्जा शून्य दशमलब ०८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड ५ लाख ७५ हजार रुपैया छ भने जगेडा कोषमा १ अर्ब ११ करोड १६ लाख ९४ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *