मेगा बैंकले फेरि हकप्रद शेयर दिने

Post Date : December 6, 2016 | 3:51 pm

काठमाडौँ, २१ मङ्सिर । मेगा बैंक नेपाल लिमिटेड संचालक समितिको बैठकले १३ दशमलब २५ प्रतिशत बोनस शेयर तथा शुन्य दशमलब सत्तरी प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

त्यस्तै, संचालक समितिको उक्त बैठकले बोनस शेयर वितरणपछि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

बैंक संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

बैंकले केही समय अगाडि २५ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ५ करोड रुपैयाँ छ । त्यसमा १३ दशमलब २५ प्रतिशत बोनस शेयर वितरण गरिने र फेरि ६५ प्रतिशत हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी करीब ७ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो तीन महिनामा ३ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन र ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *