मेगा बैंकले सातै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने

Post Date : July 23, 2017 | 3:43 pm

काठमाडौँ, ८ साउन । मेगा बैंक नेपाल लिमिटेडले सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने भएको छ । त्यसको शुस्वात प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको बैंकले जनाएको छ । मेगा बैंक सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेशको अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचनाअनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने बताउनु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आगामी आर्थिक वर्ष २० वटा शाखा खोल्ने बताउनु भएको थियो ।

बैंकले हाल ४७ वटा शाखा, एउटा एक्सटेन्स काउण्टर, ५० वटा एटिएम, ५८ वटा शाखारहित बैंकिङ सेवा र १५ सय स्थानमा मेगा रेमिटमार्फत सेवा दिइरहेको जनाएको छ ।

बैंकले १ सय बराबर ६५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । बैंकले रु.१००।– अंकित दरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलब ३३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *