मेगा बैंकले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Post Date : May 4, 2016 | 11:14 am

मेगा बैंक नेपाल लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले ग्लोबल अाईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकमा अायोजित कार्यक्रममा मेगा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत अनुपमा खँुजेली र ग्लोबल अाईएमई क्यापिटलका तर्फबाट प्रमुख मर्चेण्ट बैंकिङ नलिना श्रेष्ठले सम्झाैता पत्र हस्ताक्षर गर्नु भयो ।

बैंकको २५ प्रतिशत हकप्रद शेयर निष्काशनपछि चुक्ता पँूजी ४ अर्ब ५ करोड रुपैया पुग्नेछ । बैंकले हाल २९ अर्ब निक्षेप र २६ अर्ब रुपैया कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *