मेघा बैंक र बुम रेमिट बीच सम्झौता

Post Date : December 16, 2016 | 1:41 pm

काठमाडौँ, १ पुस । मेघा बैंक नेपाल लिमिटेड र बुम रेमिटबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मेघा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिट मार्फत नेपालीले विदेशबाट पपठाएको विप्रेषण बैंकका देशभर रहेको ३९ शाखाबाट भुक्तानी लिन सकिनेछ । यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेश भित्र रकम पठाउन र भुक्तानी लिन पनि सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *