मेरो माइक्रोफाइनान्सले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने

Post Date : January 2, 2017 | 4:01 pm

काठमाडौँ, १८ पुस । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७२।७३ को नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

मेरो माइक्रोफाइनान्सको हाल चुक्ता पूँजी २० करोड रुपैयाँ रहेकोमा बोनस सेयर वितरणपछि २२ करोड रुपैयाँ पुग्नेछ ।

नुवाकोटको बट्टारमा सम्पन्न साधारण सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट बद्रीप्रसाद पुडासैनी र कमल नेपाललाई संचालकमा निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *